डोटीमा राहादानी सेवालाई सर्बसुलभ बनाउन पहल शुरु

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी
के तपाई नेपाली पासपोर्ट कसरी बनाउने भन्ने चिन्तामा हुनु हुन्छ ? त्यसो हो भने पिर मान्नु पर्दैन । जिल्ला प्रशासन कार्यालय डोटीले सेवाग्राहीहरुका लागि आबश्यक परामर्श तथा सहयोग कार्यालयबाटै उपलब्ध गराउने भएको छ ।
राहादानी सेवा लिनका लागि सेवाग्राहीहरुले सास्ती व्यहोर्नु परेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय डोटीेले राहादानी सेवाको लागि आबश्यक परामर्श तथा प्रि ईनरोलमेन्ट फाराम भर्ने काम कार्यालय भित्र निःशुल्क रुपमा उपलब्ध गराउने भएको हो ।
यसअघि राहादानी सेवा लिनका लागि पसलबाट प्रि ईनरोलमेन्ट फाराम भर्नु पर्ने र सो वाफत सेवाग्राहीहरुले चर्को मुल्य तिर्नु पर्ने बाध्यता रहेको थियो । सेवाग्राहीलाई सर्बसुलभ रुपमा राहादानी सेवा उपलब्ध गराउन आबश्यक सम्पूर्ण प्रकृया राहादानी शाखाबाट उपलब्ध गराईने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनु भयो ।
कसैले राहादानी सेवा लिनु परेमा बाहिर कतै नअल्मलिएर राहादानी शाखामा सम्पर्क गर्न समेत जिल्ला प्रशासन कार्यालय डोटीले सेवाग्राहीलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले राहादानी सेवालाई सर्बसुलभ गराउन गरेको प्रयासलाई सेवाग्राहीहरुले प्रशँसा गरेका छन । राहादानी सेवाका अतिरिक्त नेपाली नागरिकताको प्रमाण पत्र लगायतका सेवामा पनि थप सहजता र सरलता ल्याउन सेवाग्राहीहरुले माग गरेका छन ।

Leave A Reply

Your email address will not be published.