घण्टेश्वर अनलाईन
बुडर, डोटी
जोरायल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष बिरबहादुर दर्लामीको पहलमा एक बिपन्न महिलाको लागि २ कोठे घर निर्माण गरिएको छ ।
जोरायल गाउँ पालिका वडा नं. २ बिछल निवासी एकल तथा बिपन्न महिला बिष्णा नाथको लागि २ कोठे भवन निर्माण गरिएको २ नम्बर वडा कार्यालय बुडरले जनाएको छ ।
एक छोरी सहित स्थानीय सामुदायिक भवनमा बिगत लामो समय देखि बस्दै आएकी बिष्णाको सुरक्षित आवासको लागि जोरायल गाउँ पालिका तथा २ नम्बर वडा कार्यालयबाट ५० हजार र वडा अध्यक्ष बिरबहादुर दर्लामीको ६० हजार वरावरको ब्यक्तिगत लगानीमा २ कोठे भवन निर्माण सम्पन्न गरिएको हो ।