जोरायलको बुडरमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

घण्टेश्वर अनलाईन
बुडर, डोटी
जोरायल गाउँ पालिका २ नम्बर वडा कार्यालयले आ.बं. २०७९/८० मा प्रवाह गरिएका सेवा तथा योजनाको समीक्षा गर्नुका साथै गुनासो सुनुवाई गरेको छ ।
वडा कार्यालयद्वारा शुक्रबार आयोजना गरिएको सार्बजनिक सुनुवाई तथा समीक्षा कार्यक्रममा वडा कार्यालयबाट प्रवाह गरिने सेवाहरु, सम्पन्न भएका योजनाहरुको वारेमा सेवाग्राहीहरुलाई जानकारी गराईएको थियो ।
वडा अध्यक्ष बिरबहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागि सेवाग्राहीहरु तथा सरोकारवालाहरुले धनगढी डडेल्धुरा भिमदत्त राजमार्गसँग जोडिएको वडा भएकाले वडाको बिकासको लागि गाउँपालिका, प्रदेश तथा केन्द्र सरकारले चासो नदेखाएको गुनासो गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले बिद्युतीकरण, सडक, सिंचाई, बिद्यालय लगायतका बिषयमा गुनासो तथा सुझाव राखेका थिए । वडा कार्यालयले प्रवाह गरेका सेवाहरु प्रति सेवाग्राहीहरु सन्तुष्ट नै भएपनि योजना छनौट गर्दा आम जनताका समस्यामा आधारित योजना छनौट गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा(एमाले) का कृष्णदत्त भट्ट, नेपाली काँग्रेसका रामदत्त भट्राई, नेकपा(माओवादी केन्द्र) का जगतराज सोव सिजापति, नेकपा(समाजवादी) का भुवन नागरी, समाजसेवी कर्णबहादुर मल्लले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिरबहादुर दर्लामीले २ नम्बर वडा कार्यालयले वडा कार्यालयबाट प्रवाह गरिने सेवाहरुलाई थप गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको बताउनु भयो । राजमार्गसँग जोडिएको वडा भएकाले गर्नुपर्ने कामहरु धेरै छन । गाउँपालिकाबाट प्रदान गरिने बजेटको सीमा न्यून रहेको छ । वडा कार्यालयले वडाका समस्याहरु सामाधान गर्न गाउँपालिका, प्रदेश तथा केन्द्र सरकारसँग पहल गरिरहेको वडाअध्यक्ष दर्लामीले जानकारी दिनु भयो ।


वडा अध्यक्ष दर्लामीले वडा कार्यालयका हरेक काम कारवाहीहरुलाई पारदर्शी र गुणस्तरीय बनाउने प्रयास गरिरहेकाले वडाका हरेक कामकारवाहीमा गुनासो, सल्लाह सुझाव प्रदान गरेर सहयोग गर्न आग्रह गर्नु भयो ।
उक्त अवसरमा वडाको बिकासमा उल्लेखनिय योगदान पुर्याउने बिभिन्न ब्यक्ति तथा सँस्थाहरुलाई सम्मान, कदर पत्र प्रदान गरिएको थियो ।
वडा कार्यालयका अनुसार तोकिएको समयमा योजनाको काम सम्पन्न गर्ने सँघ, प्रदेश र गाउँपालिकाका योजनाका ३ वटा उपभोक्ता समितिलाई प्रशँसा पत्र प्रदान गरिएको थियो ।
यसैगरि वडाका जेष्ठ नागरिक कमलसिंह खत्री(९०) र पार्बतीदेबी ऐर (९२), उत्कृष्ट काम गर्ने कफलकट्टेश्वर आधारभूत बिद्यालय, उत्कृष्ट बिद्यालय व्यवस्थापन समितिमा नुवादेब आधारभूत बिद्यालय, एसईई परीक्षा २०७९ मा जिल्लामा उत्कृष्ट अँक ल्याउने छात्रा भावना जेठारा, पूर्ब वडाअध्यक्षहरु कर्णबहादुर मल्ल, भवानीदत्त भट्ट, मानबहादुर मल्ल, पूर्ब गाबिस अध्यक्ष जीतबहादुर बिष्ट,उत्कृष्ट करदाता कुमारी बैंक बुडरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित हुनेहरुमा उत्कृष्ट सामुदायिक वनमा त्रिबेणी सामुदायिक वन, समाजसेवी सीता बिक, उत्कृष्ट काम गर्ने स्वास्थ्य चौकी बुडरमा अनमी कबिता थापा, कार्यालय सहयोगी नरपता बिक, पूर्ब कार्यालय सहयोगी शेरबहादुर शाहु, वडा कार्यालयका सामाजिक परिचालक पबित्रा बिष्ट, पुर्ब स्वयंसेवीका गँगादेबी मल्ल, महिला अधिकारकर्मी भावना ओझा, महिला तथा वालवालिकाका क्षेत्रमा उत्कृष्ट काम गर्ने वडा सदस्य मिना बिक लगायत रहेका छन ।
कार्यक्रममा वडा सदस्य दिपक साउँदले स्वागत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.