
घण्टेश्वर अनलाईन
सानागाउँ डोटी
मानविय सेवामा अनेकौं प्रयास(साईन नेपाल) नामक गैरसरकारी सँस्थाले पूर्बीचौकी गाउँ पालिकालाई १० हजार फलफूलका बिरुवा उपलब्ध गराएको छ ।
सो सँस्थाका प्रमुख भक्तराज जोशीले पूर्बीचौकी गाउँ पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायलाई बिभिन्न जातका १० हजार फलफूलका बिरुवा हस्तान्तरण गर्नु भयो ।
फलफूलका बिरुवा हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले कृषिमा आत्मनिर्भर बनाउने अभियानमा लागेको पुबीचौकी गाउँपालिकालाई फलफूलका बिरुवा उपलब्ध गराई सहयोग गरेकोमा साईन नेपाललाई धन्यवाद दिनु भयो ।
यसै गरि साईन नेपालका प्रमुख भक्तराज जोशीले स्थानीय तहले कृषिमा जोड दिनु पर्ने बताउदै त्यसका लागि साईन नेपाल गाउँपालिकासँग सहकार्य गर्न ईच्छुक रहेको बताउनु भयो ।