घण्टेश्वर अनलाईन
सानागाउँ, डोटी
मानविय सेवामा अनेकौं प्रयास(साईन नेपाल) नामक गैरसरकारी सँस्थाले प्रहरी चौकी सानागाउँलाई १ थान डेस्कटप कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको छ ।
पूर्बीचौकी गाउँ पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायकोे उपस्थितीमा साईन नेपालका प्रमुख भक्तराज जोशीले एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नु भयो ।
प्रहरी चौकी सानागाउँले प्रदान गर्ने सेवामा सहज होस भनेर एक थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराईएको जोशीले बताउनु भयो ।