घण्टेश्वर अनलाईन
बुडर, डोटी
डोटी जिल्लाका ९ वटै स्थानीय तहमा करोडौं बजेट फ्रिज गएको छ । आ.ब २०७९/८० मा समयमा बजेट खर्च गर्न नसक्दा स्थानीय तहको करोडौं बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्णबहादुर धामीले बताउनु भयो ।
प्रमुख धामीका अनुसार डोटी जिल्लाका ९ वटै स्थानीय मध्ये सायल गाउँ पालिकामा सबै भन्दा बजेट फ्रिज भएको छ । सायल गाउँ पालिकामा ४ करोड ९ लाख ४१ हजार चालु तथा पूजिगत शिर्षकमा बजेट फ्रिज गएको छ ।
यसैगरि समयमा बजेट खर्च गर्न नसक्नेमा बोगटान फुड्सिल गाउँपालिका पनि रहेको छ । बोगटान फुड्सिल गाउँपालिकाको चालु र पुजिगत गरी ३ करोड ९० लाख १५ हजार ३ सय ९१ रुपयाँ खर्च हुन नसकी फ्रिज गएको छ । त्यस्तै पुर्विचौकी गाउँपालिका पनि समयमा बजेट माग नगर्ने र खर्च गर्न नसक्ने गाउँपालिकाको सूचीमा परेको छ । पूर्बीचौकी गाउँ पालिकाको गत आ.बं. मा ३ करोड ४१ लाख ४३ हजार १ सय ८८ रुपयाँ खर्च हुन नसकी फ्रिज गएको छ ।
गत आ.बं. मा शिखर नगरपालिकाले पनि ३ करोड ८ लाख ६१ हजार ३ सय ७१ रकम खर्च गर्न सकेन । भने डोटीको जिल्ला सदरमुकाम स्थित दिपायल सिलगढी नगरपालिकाको २ करोड २० लाख १४ हजार ७ सय ३७ रुपयाँ बजेट खर्च गर्न नसकी फ्रिज गएको छ ।
यसैगरि जोरायल गाउँपालिकाको २ करोड ७५ लाख ५८ हजार ६ सय १९, आदर्श गाउँपालिकाको २ करोड ४७ लाख ५ सय ६५, बडीकेदार गाउँपालिकोे २ करोड ९ लाख १८ हजार १ सय ४ रुपयाँ खर्च गर्न नसकेर फ्रिज कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ । डोटीको ९ वटा स्थानीय तह मध्य के आई सिंह गाउँपालिका सबै भन्दा कम बजेट जि हुने गाउँ पालिका भएको छ । गत आ.बं. मा केआईसिंह गापामा चालु र पुजिगत गरि कुले १ करोड ८० लाख ६२ हजार ७९ रकम खर्च गर्न नसकी फ्रिज गएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याँक अनुसार डोटी जिल्लाका सरकारी कार्यालयहरुको आर्थिक बर्ष ०७९।०८० मा १ अर्ब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रकम फ्रिज गएको छ ।