रामपुर प्रगतिशिल बाल क्लबलाई फलफूलका बिरुवा हस्तान्तरण

घण्टेश्वर अनलाईन
बुडर, डोटी
जोरायल गाउँ पालिका वडा नं. २ स्थित रामपुर माबिमा हरियाली तथा बगैचा निर्माण गर्न बिभिन्न समाजसेवीहरुले बिभिन्न जातका फलफूलका बिरुवा उपलब्ध गराएका छन ।
रामपुर माबि स्थित रामपुर प्रगतिशिल बालक्लबलाई समाजसेवी कृष्णबहादुर दर्लामी, जोरायल गाउँ पालिका शिक्षा समिति सदस्य गणेश बिक र वडा नं. ४ का वडा सदस्य बलबहादुर ओलीले बिभिन्न जातका फलफूलका बिरुवा उपलब्ध गराउनु भएको बिद्यालयले जनाएको छ ।
बिगत केही समय यता रामपुर माबि स्थित रामपुर प्रगतिशिल बालक्लबले बिद्यालयमा परिसर सरसफाई, हरियाली निर्माण तथा बगैचा निर्माणको लागि अभियान सँचालन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.