नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति बिष्टको डडेल्धुरामा स्वागत

घण्टेश्वर अनलाईन
डडेल्धुरा
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलाई आईतबार डडेल्धुरामा स्वागत गरिएको छ ।
नेपाली काँग्रेसका पूर्ब आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका बिष्टलाई नेपाली काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराले स्वागत गरेको हो । जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको स्वागत कार्यक्रममा डडेल्धुरा जिल्ला पार्टी उपसभापति तथा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी लगायत पार्टीका नेता कार्यकर्ताहरुले स्वागत तथा सम्मान गरेका थिए ।
स्वागत कार्यक्रममा बिभिन्न नेता कार्यकर्ताहरुले नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति अनन्द बिष्टले कोरोना महामारीका समयमा अमेरिकामा रहेर डडेल्धुरामा पिसिआर मेसिन जडान तथा सुदूरपश्चिमका बिभिन्न जिल्लामा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै प्रशँसा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति बिष्टले आफुले डोटी डडेल्धुरा लगायत सदूरपश्चिमका बिभिन्न जिल्लाको बिकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
सभापति बिष्टले नेपाली काँग्रेस प्रति जनताको भरोसा रहेकाले पार्टीलाई सुदृढ बनाउन सबै नेता कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।

Leave A Reply

Your email address will not be published.