नेपाल प्रेस युनियन डोटीको पाँचौं जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन

घण्टेश्वर अनलाईन
सिलगढी
नेपाल प्रेस युनियन डोटीकोे पाँचौं जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै आईतबार सिलगढीमा सम्पन्न भएको छ ।
उक्त सम्मेलनले पत्रकार चक्रबहादुर कुँवरको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको युनियनले जनाएको छ । नयाँ जिल्ला कार्य समितिको उपाध्यक्षमा चक्रबहादुर मल्ल, महिला उपाध्यक्षमा सरिता कठायत, सचिब बिक्रमबहादुर खड्का, सहसचिबमा प्रतिक्षा धामी र कोषाध्यक्षमा दिपेन्द्र खड्का चयन भएका छन ।
यसै गरि सदस्यहरुमा क्रमस ः एकेन्द्र चन्द, महेश ओझा, धनबहादुर बोहरा, निर्मला बम, रुबिना शाही, लक्ष्मी बिक, राज पार्की, ईन्द्र शाही, हर्क बिक, दिनेशप्रसाद जोशी र गणेश साउँद सदस्य चयन भएका छन् ।
को हुन अध्यक्ष कुँवर ?
बोगटान फुड्सिल गाउँपालिका वडा नं. ४ सातफरी निबासी चक्रत्रहादुर कुँवर डोटी जिल्लाका सकृय पत्रकार हुन । सामुदायिक रेडियो त्रिबेणीका सँस्थापक मध्यका एक कुँवर रेडियो डोटी एफएमका अध्यक्ष तथा रेडियो नेपाल प्रदेशिक प्रसारण केन्द्र दिपायलका पनि कार्यरत छन ।
यस अघि नेपाल नेपाल प्रेस युनियनको उपाध्यक्ष रहि सकेका कुँवरले आफु अध्यक्षमा निर्बिरोध चयन भएपछि युनियनको निर्माणाधिन भवनलाई सम्पन्न गर्ने तथा पत्रकारहरुका पेशागत हकहितको पक्षमा काम गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.