डोटीका प्रमुख जिल्ला अधिकारी र भैरव प्रसाद गणका गणपति सम्मानित

घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीलार्ई सिलगढीमा मँगलबार आयोजना गरिएको एक कार्यक्रमका बीचमा सम्मान गरिएको छ ।
डोटी जिल्लाको प्रमुख धार्मीक सँस्था शैलेश्वरी क्षेत्र बिकास समितिले हालै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई स्वागत तथा सम्मान गरेको हो भने डोटीबाट सरुवा भएर जान लाग्नु भएको गणपति प्रमुख सेनानी जनमत कार्कीलाई सम्मान तथा बिदाई गरेको हो ।
प्रमुख जिल्ला अधिकारी डोटी जिल्लाका अभिभावक हुनुहुन्छ । उहाँको कार्यकालमा डोटी जिल्लामा शान्ति सुरक्षा, अमन चयन, सुशासनको प्रत्याभूति हुने अपेक्षा सहित स्वागत गरिएको समितिका अध्यक्ष प्रेमशँकर भट्टले बताउनु भयो । यसैगरि सिलगढी स्थित भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की डोटी बसाईका क्रममा डोटी जिल्लामा पर्यटन प्रबद्र्धन, खेलकुद क्षेत्रको बिकास, युवाहरुलाई खेलकुदको माध्यमबाट रचनात्मक कार्यमा सँलग्न गराउने कार्यको उच्च मुल्याँकन गर्दै सम्मान सहित बिदाई गरिएको शैलेश्वरी क्षेत्र बिकास समितिले जनाएको छ ।

शैलेश्वरी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सम्मान तथा स्वागतको लागि धन्यबाद दिदै डोटीको समग्र बिकासको लागि सबै क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यसैगरि भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले आफ्नो डोटी बसाई जीवनको अविस्मणिय क्षण रहेको बताउदै आफुले डोटी जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, युवा, बिद्यार्थी तथा स्थानीय बासिन्दाको सहयोगमा केही प्रयास गरिएको बताउनु भयो ।
सम्मान कार्यक्रममा शैलेश्वरी क्षेत्र बिकास समितिका पदाधिकारी, पतन्जली योग समितिका प्रतिनिधिहरु, उद्योग बाणिज्य सँघका प्रतिनिधिहरु, स्थानीय सरोकारवालाहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.