टँक ओझा, हिन्नेकाँडा डोटी
डोटीको आदर्श गाउँपालिका वडा नंं ४ हिन्नेकाँडा क्षेत्रमा जँगली जनावर बँदेलले आतँक मच्चाउन थालेपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन । उनिहरुले बँदेलको आतँकको वारेमा सम्बन्धित निकायलाई जानकारी गराई सुरक्षाको माग गरेका छन । हालसम्म बँदेलले हिन्नेकाँडाका ३ जनालाई आक्रमण गरि गम्भिर घाईते बनाएको छ ।
बिहिबार मात्र बदेलको आक्रमणबाट २ जना घाइते भएकोमा शुक्रबार थप १ जनालाई आक्रमण गरि गम्भिर घाईते बनाएकोछ ।
बिहिबार हन्नेकाँडाका स्थानीय १५ वर्षीय गणेश नेपाली र १२ बर्षिय सुरेश बिष्टलाई आक्रण गरेको थियो । घाईते मध्य गणेश नेपालीको डोटीमा उपचारहुन नसकेपछि थप उपचारको लागि काठमाण्डौं लगिएको छ भने सुरेश बिष्टको दिपायलमा उपचार भईरहेको छ ।
यसैगरि बदेलको आक्रमणमा परि आज ५८ वर्षीय केशवराज ओझापनि घाइते भएका छ । ओझालाई उपचारका लागि दिपालय लगिएको छ । जँगली जनावर बँदेलले आतँक मच्चाउन थालेपछि एक्लै घर वाहिर निस्किन डराईरहेको स्थानीय बासिन्दाहरु बताउछन ।