घण्टेश्वर अनलाईन
जोरायल
राष्ट्रिय स्वतन्त्र पार्टीले जोरायल गाउँ पालिकामा सँगठन बिस्तार गरेको छ । सो पार्टीद्वारा शुक्रबार आयोजना गरिएको गाउँ पालिका स्तरीय भेलाबाट निराजन बिष्टको अध्यक्षतामा गाउँपालिका स्तरीय कमिटी निर्माण गरिएको छ ।
सो कमिटीको सचिबमा बिनोद बोहरा, कोषाध्यक्षमा मदन ओली तथा सदस्यहरुमा क्रमसः सोभान साउँद, छबिनाथ योगी, हरिशङ्कर जोशी, रमेश सुनारा रहनु भएको सो पार्टीले जनाएको छ ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश ईन्चार्ज ज्ञानेन्द्र महता, प्रदेश महामन्त्री भोजराज जोशी डोटी जिल्ला अध्यक्ष केशव बलायर लगायतका नेताहरुको उपस्थिती रहेको थियो