Prem

खप्तड–शैलेश्वरी गोल्ड कपको बिजेता बन्यो “भैरव प्रसाद गण”

घण्टेश्वर अनलाईन
सिलगढी
डोटी उद्योग वाणिज्य सँघ दिपायलद्वारा आयोजना गरिएको दोश्रो सँस्करणको खप्तड–शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न अन्तिम खेलमा नेपाली सेनाको सिलगढी स्थित भैरव प्रसाद गणले जित हात पारेको छ ।
प्रतियोगिता अन्तरगत भैरव प्रसाद गण “ए” र एसवाईसी सिलगढी बिच शुक्रबार भएको अन्तिम खेलमा नेपाली सेनाको भैरव प्रसाद गणको टीमले २–१ गोल अन्तरले विजयी भएको थियो ।
खप्तड–शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगतको अन्तिम खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका भैरव प्रसाद गणका खेलाडी सङ्गम चौधरीलाई म्यान अफ द म्याच र खेल अवधिभर सर्वोत्कृष्ट खेल प्रदर्शन गरेका अर्का खेलाडी अनीश लामालाई म्यान अफ सिरिज घोषित गरिएको थियो ।
खप्तड–शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगितामा बिजयी नेपाली सेनाको भैरव प्रसाद गणलाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसै गरि प्रतियोगितामा उप विजेता बनेको एसवाईसी सिलगढीले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक सँस्था डोटी उद्योग वाणिज्य सँघ दिपायलले जनाएको छ ।
यही श्राबण महिनाको ६ गते देखि शुरु भएको दोश्रो सँस्करणको खप्तड–शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगितामा डोटी जिल्लाभरीका बिभिन्न ८ वटा फुटबल टीमको सहभागिता रहेको थियो । यसैगरि दोश्रो सँस्करणको खप्तड शैलेश्वरी गोल्ड कप अन्तरगत सन्चालन गरिएको कबड्डी प्रतियोगितामा सिलगढी स्थित पद्म पब्लिक मुक्तिनारायण माबि प्रथम भएको छ । यसै गरि नेपाली सेनाको भैरव प्रसाद गण सिलगढी कबड्डी प्रतियोगितामा दोश्रो स्थान हात पारेको डोटी उद्योग बाणिज्य सँघका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिनु भयो ।
कबड्डी प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पद्म पब्लिक मुक्तिनारायण माबिका खेलाडी मनिषा भट्टले प्राप्त गरेकी छिन । उक्त प्रतियोगिताको व्यवस्थापन नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीले गरेको थियो ।

Leave A Reply

Your email address will not be published.