दिपायल सिलगढीमा बिहिबार दश घण्टा विद्युत सेवा अबरुद्ध हुने

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको दिपायल तथा सिलगढी क्षेत्रमा श्राबण १८ गते  बिहिबार १० घण्टा विद्युत सेवा  अबरुद्ध हुने भएको छ । दिपायल ३३/११ के.भी सबस्टेशन भित्रका पुराना कन्ट्रोल प्यानल परिवर्तन गर्नुपर्ने भएको भन्दै नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलले बिहिबार करिब १० घण्टाको लागि बिद्युत सेवा बन्द गर्न लागेको हो ।
नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्र दिपायलले एक सूचना जारी गर्दै बिहिबार बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने उपभोक्ताहरुलाई जानकारी गराएको छ । तर उपकरण जडान कार्य चाँडै सम्पन्न भएमा ४ बजेभन्दा अगावै विद्युत् सेवा  सुचारु हुन सक्ने बितरण केन्द्रका प्रमुख शिवशङ्कर सानीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.