डोटीको मिनि खप्तडमा नेपाल प्रेस युनियनको बनभोज कार्यक्रम

घण्टेश्वर अनलाईन
सिलगढी
मिनि खप्तडको रुपमा परिचित डोटीको बगलेखलाई प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल प्रेस युनियन डोटीले शुक्रबार बनभोज कार्यक्रमको आयोजना गरेको छ ।
डोटीको बगलेखलाई मिनि खप्तडको रुपमा बिकास गर्न पूर्बीचौकी तथा दिपायल सिलगढी नगरपालिका लगायतका सरकारी तथा गैरसरकारी सँस्थाहरुले प्रयास थालेका छन । बगलेखलाई प्रचार प्रसार गरि पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउन नेपाल प्रेस युनियन डोटीद्धारा बनभोज कार्यक्रमको आयोजना गरिएको हो, पत्रकार गणेश मौनीले बताउनु भयो ।
उक्त बनभोज कार्यक्रममा नेपाल प्रेस युनियनका पदाधिकारी तथा सदस्यहरु, नेपाल पत्रकार महासँघका पदाधिकारीहरु, नेपाल प्रेस युनियनका सदस्य तथा शिखर नगरपालिकाका उप प्रमुख सुनिता रावल लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.