ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई क्यामेरा सन्चालन तथा लेखन सीप सम्बन्धि तालिम

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका २९ जना वालवालिकाहरुलाई क्यामेरा तथा लेखन सीप सम्बन्धि क्षमता अभिबृद्धि गरिएको छ ।
समान पहुँच बिकास केन्द्र (सिड नेपाल) डोटीद्वारा सन्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत दर्ता गरिएका आरसि बालबालिकाहरुलाई क्यामेरा तथा लेखन सीप सम्बन्धि क्षमता अभिबृद्धि तालिम दिईएको परियोजना सँयोजक सुनिल जोशीले बताउनु भयो ।
शुक्रबार सम्पन्न भएको उक्त दुई दिने तालिममा डोटीमा बालबालिकाहरुलाई फोटो खिच्ने, भिडियो बनाउने, कथा सँकलन तथा लेखन सीप सम्बन्धि सैद्धान्तिक तथा ब्यवहारिक जानकारी दिईएको सिड नेपालले जनाएको छ ।
तालिममा आदर्श, सायल, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका २९ जना आरसी बालबालिकाको सहभागिता रहेको थियो । आयोजकले जनाएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालसँगको साझेदारीमा सिड नेपालले आदर्श, सायल, पूर्बीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना सन्चालन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.