
घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । उक्त परीक्षाको लागि डोटी जिल्लामा पाँच वटा परीक्षा केन्द्र तोकिएको शिक्षा बिकास तथा समन्वय इकाई डोटीका बिद्यालय निरिक्षक अम्बादत्त जोशीले जानकारी दिनु भयो ।
बिद्यालय निरिक्षक जोशीका अनुसार पदम पब्लिक मुक्तिनारायण माद्यमिक विद्यालय सिलगढी, दिल्पेश्वर माद्यमिक विद्यालय दिपायल, सुजङ वोर्डिङ्ग स्कुल राजपुर, राधाकृष्ण माद्यमिक विद्यालय गोपघाट र रामपुर माद्यमिक विद्यालय वुडरमा ग्रेड वृद्धि परीषा सन्चालन हुने छन ।
उक्त एसइई ग्रेड वृद्धि परीक्षामा ८ सय ८८ छात्र र १ हजार ५ छात्रा गरी १ हजार ८ सय ९३ परीक्षार्थी सहभागी हुनेछन् । अंग्रेजी वा अंग्रेजीबाहेक एकमात्रै विषयको परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा साउन २६ मा सञ्चालन हुनेछ भने दुई विषयको परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोडको विषयको परीक्षा साउन २६ र ठुलो कोडको विषयको परीक्षा २७ गते सञ्चालन शिक्षा बिकास तथा समन्वय इकाई डोटीले जनाएको छ ।
एसईई ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण भएको विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको र केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालनका विषयमा मङ्गलवार आज अभिमुखिकरण समेत गराइने जोशीले बताउनु भयो ।