डोटीका सबै स्थानीय तहमा नेपाली काँग्रेसको आन्तरिक बिशेष अभियान

घण्टेश्वर अनलाईन
सिलगढी
नेपाली काँग्रेसको देशब्यापी रुपमा घोषणा गरिएको आन्तरिक बिशेष अभियान डोटीमा पनि शुरु भएको छ । श्रावण महिनाको २० गते देखि शुरु भएको आन्तरिक बिषेश अभियान १० दिनसम्म सन्चालन हुने छ ।
आन्तरिक बिशेष अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा केन्द्रीय सदस्य बिद्या तिमिल्सेना खटिनु भएको छ । नेपाली काँग्रेसले आगामीे स्थानीय तहको निर्बाचन २०८४ लाई लक्षित गरी सँगठनलाई गतिशिल बनाउने, सँगठन निर्माण पुनर्निमाण गर्ने, हरेक पार्टी सदस्यलाई जिम्मेवारी दिएर नेता तथा कार्यकर्ता परिचालन गर्ने योजना रहेको नेपाली काँग्रेस डोटीले जनाएको छ ।
यो नितान्त जनतामा देखिएको निराशा हटाई उत्साह थप्ने अभियान हो । जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउन, सँगठन शुद्धिकरण तथा सुदृढिकरण गर्ने उद्देश्यले सन्चालन गर्ने उद्देश्यले देशव्यापी रुपमा अभियान सन्चालन गरिएको केन्द्रीय सदस्य तिमिल्सेनाले बताउनु भयो ।
केन्द्रीय सदस्य तिमिल्सेनाका अनुसार अभियान सबै स्थानीय तहमा सन्चालित हुने छ । स्थानीय तहमा नेपाली काँग्रेसबाट निर्बाचित जनप्रतिनिधिले गरेको कामको पनि अनुगमन गरिने छ । त्यसका लागि, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरु, प्रदेश प्रतिनिधि, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधिहरु लगायत पार्टीका सम्पूर्ण सँयन्त्रहरु एकसाथ परिचालन भईरहेका छन ।

Leave A Reply

Your email address will not be published.