घण्टेश्वर अनलाईन
सिलगढी
यस बर्षको २४ औं अन्तर्राष्ट्रिय युवा दिवस डोटी जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार सिलगढी स्थित शैलेश्वरी मन्दिरको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरियो । जिल्ला युवा समिति डोटीद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा बिभिन्न ६ जनाले रक्तदान गरेका थिए ।
रगतको अभावमा बिरामीको उपचारमा समस्या नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिउको जिल्ला युवा समिति डोटीका अध्यक्ष हेम केसीले बताउनु भयो । सोही अवसरमा शैलेश्वरी मन्दिरको परिसर वरपर सरसफाई समेत गरिएको थियो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमला लगायत बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि,शिक्षक ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा डोटी जिल्लाको सिलगढीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरू वीचमा शुक्रबार कम्प्युटर टाइप रेसर प्रतियोगिता आयोजना गरिएको छ ।
सिलगढी स्थित बैभव कम्प्युटर एजुकेसनले कम्प्युटर टाइप रेसर प्रतियोगिता आयोजना गरेको हो । सिलगढी स्थित स्थानीय ५ वटा बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा पबित्र आवासिय माध्यमिक विद्यालय सिलगढीका आसुतोस श्रेष्ठ प्रथम, मोर्निङ लाइट बोर्डिङ स्कुलका आयुष सिंह द्वितीय र पद्म पब्लिक मुक्तिनारायण माद्यमिक विद्यालयका अशोक कुँवरले तृतीय भएको बैभव कम्प्युटर एजुकेसनका सञ्चालक बिक्रम केसीले जानकारी दिनु भयो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार बिहान जिल्ला प्रशासन कार्यालयको गेट अगाडी देखि ईन्द्रचोकसम्म र्याली प्रदर्शन गरिने बताईएको छ ।