नेकपा (एमाले) ले बि.सं. २०८० लाई अधिबेशन बर्षका रुपमा मनाउने

घण्टेश्वर अनलाईन
सिलगढी डोटी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बि.सं. २०८० लाई अधिबेशन बर्षका रुपमा मनाउने भएको छ । नेकपा (एमाले) स्थापना भएको ६० बर्ष पुगेको अवसरमा देशभर पार्टीका सबै तहको अधिबेशन गर्न लागेको हो । मिसन ग्रास रुट अभियानबाट उत्साहित भएको एमालेले पुरानै अवस्थामा फर्काउने लक्ष सहित अधिबेशन बर्षको रुपमा मनाउन लागेको सो पार्टीका पोलिटब्युरो सदस्य तथा डोटी जिल्ला ईन्चार्ज लिला भण्डारीले बताउनु भयो ।
जिल्ला ईन्चार्ज भण्डारीका अनुसार अधिबेशन बर्ष कार्ययोजना अनुसार देशभरका पार्टीको प्रदेश अधिवेशनको मिति घोषणा भैसकेको छ भने आगामी चैत्र मसान्तसम्म जिल्ला, पालिका, वडा तथा टोल अधिवेशन सम्पन्न भई सक्ने छन ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीले आगामी मंसिर २३ र २४ गते नवौं जिल्ला अधिबेशन गर्ने भएको छ । सो पार्टीको बुधबार सम्पन्न सचिवालय बैठकले पार्टीको जिल्ला अधिबेशन गर्ने निर्णय गरेको हो ।
भाद्र महिनामा पालिका स्तरमा पार्टीका बैठक, भेला, प्रशिक्षण सञ्चालन गरि योजना निर्माण गरि अधिबेशन सम्पन्न गरिने नेकपा(एमाले) डोटीले जनाएको छ । यसैगरि भाद्र महिनाको २३ गते एमालेले सबै जनसंगठनहरुको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरि असोज मसान्तभित्र सबै जनसँगठनहरुको अधिवेशनहरु सम्पन्न गरिने नेकपा(एमाले) का जिल्ला सचिब शेरबहादुर मल्लले बताउनु भयो ।
डोटीका ९ वटै पालिकामा माघ मसान्तभित्र, फागुन मसान्त भित्र ६५ वटै वडामा र चैत्र मसान्त भित्रमा टोल कमिटीको अधिवेशन सम्पन्न गर्ने योजना रहेको एमाले डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.