जोरायलको चनकट्टे, सेला सेगुनी सडक मर्मत गर्न स्थानीय बासिन्दाद्वारा श्रमदान शुरु

घण्टेश्वर अनलाईन
जोरायल
कुनै बेला श्रमदान शब्द निकै लोकप्रिय थियो । गाउँ समाजका वाटो घाटो, बिद्यालय श्रमदानबाटै निर्माण हुन्थे । अहिले गाउँ समाजमा जन श्रमदान शब्द लोप हुने अवस्थामा छ । श्रमदान शब्द सुन्ने बितिक्कै मानिसहरु भाग्ने गर्दछन । तर जोरायल गाउँ पालिका वडा नं. ३ का युवाहरुले श्रमदानबाट सडक मर्मत अभियान शुरु गरेका छन ।
जोरायल गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष नविन ओझाको अगुवाईमा जनश्रमदान अभियान थालिएको हो । सानोतिनो योजनाको लागि सरकारी बजेट कुरेर बस्ने परम्पराको अन्त्य गर्नको लागि युवाहरु तथा स्थानीय बासिन्दाहरुको सकृयतामा श्रमदान अभियान शुरु गरिएको स्थानीय युवा टेकुजँग रावलले बताए ।
बर्षातले क्षेतीग्रस्त बनाएको चनकट्टे, सेला सेगुनी सडकलाई युवाहरु तथा स्थानीय बासिन्दाहरुको श्रमदानबाट मर्मत सम्भार गरिरहेका छन । श्रमदान अभियानमा स्थानीयको सहभागिता बढ्दै गईरहेको छ ।
अहिले गौरा लगायत चाडपर्बहरुको मौसम शुरु भएको छ । हाम्रा गाउँका बाटाघाटाहरु, सडकहरु बर्षातको पानीले क्षेतीग्रस्त बनाएपछि सवारी साधनहरु समेत सन्चालन हुन सकिरहेका छैनन ।
स्थानीय बासिन्दाहरुको श्रमदानबाट चनकट्टे, सेला सेगुनी सडक मर्मत गरि सवारी साधन सन्चालनमा ल्याउने प्रयास भईरहेको वडा अध्यक्ष नविन ओझाले बताए ।

 

Leave A Reply

Your email address will not be published.