डोटीमा पहुँच परियोजना लागु हुने

घण्टेश्वर अनलाईन, सिलगढी
डोटीका दुई स्थानीय तहमा पहुँच परियोजना सन्चालन हुने भएको छ । डि.सि ए को आर्थिक सहयोगमा सम बिकास केन्द्र डोटीद्धारा डोटीको के आईसिंह गाउँ पालिका र शिखर नगर पालिकामा पहुँच परियोजना सन्चालन हुन लागेको हो । उक्त परियोजनाका कार्यक्रम सँयोजक रमेश भूलका अनुसार पहुँच परियोजना के आईसिंह गाउँपालिकाको  वडा नंं  १, २ र ३ तथा शिखर नगर पालिकाको वडा नं.  ५, ७, ८, ९, १० र ११ मा सन्चालन हुने छ ।
परियोजना अन्तरगत कार्यक्षेत्रमा महिला तथा सिमान्तकृत समुदायका ब्यक्तिहरुको क्षमता विकास, सीप विकास, प्रबिधि सम्बन्धि ज्ञान, नागरिक सचेतना, जलवायु परिवर्तन सम्बन्धि सचेतना अभियान लगायतका गतिबिधिहरु सन्चालन हुने सम बिकास केन्द्र डोटीले जनाएको छ ।
कार्यक्रम सन्चालन भएका स्थानीय तहका वडाहरुमा समिति गठन गरि समिति मार्फत समुदायमा कृयाकलाप सन्चालन गरिने छ । उक्त परियोजना सन २०२२ को जनवरीबाट लागु भई पाँच बर्षसम्म सन्चालन हुने छ ।

परियोजनाको वारेमा कार्यक्षेत्रका सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले शिखर नगरपालिका र केआइसिंह गाउँपालिकामा यसैसाता एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा कार्यपालिकाका पदाधिकारीहरु, विषयगत शाखाका प्रमुखहरु, लक्षित समुदायका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा परियोजनाको वारेमा कार्यक्रम सँयोजक रमेश भूलले जानकारीदिनु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.