जोरायलका स्थानीय डकर्मीहरुलाई भुकम्प प्रतिरोधी भवन निर्माण तालिम

घण्टेश्वर अनलाईन, जोरायल
सामुदायिक विकास मन्च नेपाल डोटीले जोरायल गाउँ पालिकाका स्थानीय डकर्मीहरुको भुकम्प प्रतिरोधी सँरचना निर्माण सम्बन्धि क्षमता अभिबृद्धि गरेको छ । स्थानीय स्तरमा बन्ने सँरचनाहरु भुकम्प प्रतिरोधी बनाउन सीप सिकाउने उद्दृेश्यले एक हप्ते तालिम मार्फत क्षमता अभिबृद्धि गरिएको सो सँस्थाका विपद जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडीले जानकारी दिनु भयो ।


कारितास अस्ट्रीयाको आर्थिक सहयोगमा करितास नेपाल र सामुदायिक बिकास मन्च नेपालद्वारा सन्चालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजना अन्तरगत आयोजना गरिएको उक्त एकहप्ते तालिममा ईन्जिनियरहरु लक्ष्मण खड्का र मदन ओझाले प्रशिक्षण दिनु भएको थियो ।


जोरायल गाउँ पालिका क्षेत्रका स्थानीय १२ जना डकर्मीहरुको सहभागिता रहेको उक्त तालिममा भुकम्प प्रतिरोधी संरचना निर्माण प्रबिधि सम्बन्धि सैद्धान्तिक तथा ब्यवहारिक सीप दिईएको सो सँस्थाले जनाएको छ ।
सामुदायिक बिकास मन्च नेपालका अध्यक्ष खड्कराज शर्माको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन कार्यक्रममा जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझा प्रमुख अतिथी र उपाध्यक्ष जमुना बोहरा बिशिष्ट अतिथी रहनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.