घण्टेश्वर अनलाईन
चनकट्टे, जोरायल
जोरायलको शिबपुर माबि चनकट्टेको वार्षिक सामाजिक परीक्षण तथा अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ ।
शिक्षक अभिभावक सँघका अध्यक्ष दलबहादुर साउँदको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक परीक्षण समितिका सदस्य सचिब गोपाल बोहराले आ.व.२०७९/०८०को सामाजिक परीक्षण प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रममा बिद्यालयको शैक्षिक, आर्थिक, भौतिक बिषयमा छलफल भएको बिद्यालयले जनाएको छ ।
सामाजिक परीक्षण कार्यक्रममा सहभागिहरुले बिद्यालयको शैक्षिक अवस्थामा थप सुधार गर्नु पर्ने, बिद्यालयमा आवास सहितको छात्रावासको व्यवस्था गर्नु पर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी जोरायल गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष नविन ओझा, बिशिष्ट अतिथी बिद्यालय निरिक्षक तेजबहादुर खत्रीले बिद्यालयले शैक्षिक गुणस्तरमा सुधार गर्नु पर्ने, हरेक गतिबिधिहरु पारदर्शी हुनु पर्ने र बिद्यालय प्रति अभिभावकको भूमिका बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।
उक्त कार्यक्रममा सहभागिहरुले उठाएका बिभिन्न जिज्ञासाको प्रधानाध्यापक पद्मराज उपाध्यायले जवाफ दिनु भएको थियो ।
यसै गरि ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार शिबपुर माबि चनकट्टेद्वारा वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरियो ।
जोरायल गाउँ पालिका वडा नं. ३ अन्तरगतका बिद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा रत्न आधारभूत बिद्यालय रावतकट्टे प्रथम, काफलेश्वर आधारभूत बिद्यालय अल्याडी दोश्रो र नुवादेब आधारभूत बिद्यालय तेश्रो स्थान प्राप्त गरेका थिए ।
जोरायल गाउँ पालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगितामा बिजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।