
घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
डोटीका पुराना कानून व्यवसायी गोविन्द जोशी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन ।
न्याय परिषद्को शुक्रबार सम्पन्न बैठकले दिपायल सिलगढी नगर पालिका वडा नं. ५ सिलगढी निवासी जोशीलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
परिषदले जोशीसँगै अधिवक्ताबाट ६ जना, जिल्ला न्यायाधीशबाट १८ जना, न्याय सेवाबाट ३ जना गरी २७ जनालाई सिफारिस गरेको हो । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
जिल्ला बार एशोसिएसन डोटीका सँस्थापक अध्यक्ष समेत रहेका जोशी लामो समय देखि सामाजिक क्षेत्रमा पनि सकृय रहँदै आएका थिए । यसअघि कानून व्यवसायीबाटै डोटी सिलगढीका अधिबक्ताहरु टंकप्रसाद गुरुङ्ग र मेरिना श्रेष्ठ पनि उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।