घण्टेश्वर अनलाईन
दिपायल
राष्ट्रिय युवा संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्व चयन गरिएको छ ।
डोटीको दिपायलमा असोज ३ र ४ गते आयोजना गरिएको सँघको प्रथम प्रदेश अधिवेशनबाट अरुण कुँवरको नेतृत्वमा ६६ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो ।
सँघको प्रदेश कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह–सचिवमा दीपेन्द्र खड्का र रामबहादुर रोकाया, कोषाध्यक्ष खगेन्द्र नाथ तथा महिला विभाग प्रमुखमा श्रीया सिंह निर्बाचित भएका छन ।
इसैगरि सदस्यहरुमा क्रमस ः कैलालीबाट १३, कञ्चनपुरबाट १०, अछामबाट ७ एवं डोटी, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराबाट ६÷६ जना सदस्य गरि ६६ जना सदस्य रहेका सँघले जनाएको छ ।