सुदूरपश्चिम प्रदेश सरकारको कानूनी सल्लाहकारमा अधिबक्ता जोशी नियुक्त

घण्टेश्वर अनलाईन
धनगढी
सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिबक्ता ठेकेन्द्रराज जोशी नियुक्त भएका छन । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले मंगलबार जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अधिवक्ता जोशी २०५८ सालदेखि कैलाली जिल्ला अदालत बार एसोसिएशनमा आवद्ध भई कानून व्यवसायीको रूपमा काम गर्दै आएका थिए ।
उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हो । नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहत रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने व्यवस्था गरेको छ । मुख्य न्यायाधिवक्ताको नियुक्ति मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.