डोटीको दिपायलमा सशस्त्र प्रहरी बल ३६ नम्बर गणको स्थापना दिवस मनाईयो

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको दिपायल स्थित सशस्त्र प्रहरी बल नेपालको ३६ नम्बर गणले बुधबार एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको छ । स्थापना दिवसको प्रमुख अतिथी सशस्त्र प्रहरी बल नेपालको अत्तरिया स्थित वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपाने रहनु भएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको समारोहलाई सम्बोधन गद सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले मुलुकको कठिन परिस्थितिका बीचिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न सफल भएको धारणा ब्यक्त गर्नु   भयो ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले बि.सं. २०५७ सालमा स्थापना भएको सशस्त्र प्रहरी बलले मुलुकमा विपद्, सीमा सुरक्षा, तथा शान्ति सुरक्षाको क्षेत्रमा गरेको काम प्रशँसनिय रहेको बताउनु भयो । सशस्त्र प्रहरी बल प्रति जनताको भरोसा बढ्दै गएकाले आगामी दिनमा सशस्त्र प्रहरी बलले सामाजिक क्षेत्रमा पनि काम गरेर जनताको मन जित्नु पर्ने डिआईजि न्यौपानेले निर्देशन दिनु भयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक राजु गौतमले धन्यवाद मन्तब्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजना गरिएको बिभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने, सङ्गठनभित्र उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको भैरव प्रसाद गणका गणपति, प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको उपस्थिती रहेको थियो । पाँचौ स्थापना दिवसको अवसरमा डिआईजि न्यौपाने र डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सँयुक्त रुपमा स्थापना दिवसको केक काट्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.