घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीको विशेष रूपान्तरण अभियान अन्तरगत सदस्यता वितरण सप्ताह सन्चालन गरिेने भएको छ ।
विशेष रूपान्तरण अभियान अन्तरगत असोज २० देखि २७ गतेसम्म डोटीमा सदस्यता बितरण अभियान सन्चालन गर्न लागिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीका इन्चार्ज लक्षीराम आचार्यले जानकारी दिनु भयो ।
सदस्यता वितरण सप्ताह अन्तरगत डोटी जिल्लाका ६५ वडामा अभियानकै रुपमा एकसाथ पुराना सदस्यहरुको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गरिने छ ।
विशेष रूपान्तरण अभियान अन्तरगत पहिलो चरणमा जनताका बीचमा पार्टीका नेता कार्यकर्ताले भेटघाट गरि सम्बन्धलाई थप उचाईमा पुर्याउने काम गरेका छौं । दोश्रो चरणमा सदस्यता वितरण तथा नविकरण, गाउँ, टोलस्तरीय कमिटी गठन प्रशिक्षण जस्ता कार्यक्रमहरू रहेको ईन्चार्ज आचार्यले बताउनु भयो ।
पार्टी जनताका बीचमा फर्किएपछि नेता तथा कार्यकर्ताका साथै आम नागरिकहरूमा समेत उत्साह सृजना भएको माओवादी केन्द्रका नेताहरुले दावी गरेका छन ।