एसइई परीक्षा वैशाख ९ गतेबाट सञ्चालन हुने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
यसबर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) आगामी ९ वैशाखदेखि शुरु हुने भएको छ । एसइई प्रदेशस्तरमा सञ्चालन हुनुपर्ने आवाज उठेपनि आवश्यक पूर्वाधार र तयारी नहुँदा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्न लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बुधबार बसेको बोर्ड बैठकले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए । ३० वैशाखमा स्थानीय तहको चुनाव हुने निर्णय भएकाले त्यसको तयारीका लागि १० दिनअघि नै सक्ने गरी परीक्षा तोकिएको अध्यक्ष शर्माले बताए । १७ वैशाखमा साधारण विषयको परीक्षा सकिनेछ भने २० वैशाखसम्म प्राविधिक धारका विषयको समेत परीक्षा सम्पन्न हुनेछ ।

Leave A Reply

Your email address will not be published.