जोरायल गाउँ पालिकाको वडा नंं ४ मा “उज्यालो वडा अभियान”

घण्टेश्वर अनलाईन
जोरायल, डोटी
जोरायल गाउँ पालिकाको वडा नं. ४ मा “उज्यालो वडा अभियान” शुरु गरिएको छ । वडाका सबै घरधुरीमा बिधुत सेवा पुर्याउने लक्ष सहित उज्यालो वडा अभियान शुरु गरिएको वडा अध्यक्ष नन्दराज भट्टले जानकारी दिनु भयो ।
वडा अध्यक्ष भट्टका अनुसार जोरायल गाउँ पालिका वडा नं. ४ मा रहेका ९ सय ५६ घरधुरीमा बिधुतीकरण गर्ने लक्ष सहित अभियान शुरु गरिएको हो ।
वडा नं. ४ मा बिजुली बल्न बाँकी रहेका बस्तीहरु मध्य सिराडका ४५ घरधुरी, बिनोडा, सिस्याडी र गाजरीका ८१ घरधुरी, बगस्तीका ९१ घरधुरी र भजनामा बाँकी रहेका १३ घरधुरीमा बिधुतीकरण भई बिजुली बलिसकेको छ । चुचुनढुँगाका २२ र दुवागुनडका १२ घरधुरीमा निकट भबिष्यमा बत्ती बाल्ने तयारी भईरहेको वडा कार्यालयले जनाएको छ ।
यसैगरि बिधुतीकरण अभियान अन्तरगत देउथला,थली,नकु, ऐतोडा, खाइगाड गाउँमा पनि मेन लाइनकोे पोल गाडी सकिएको छ । गोगनपानी र बगडेगडा गाउँमा बिद्युत पोल तथा तार तान्न बिधुत कार्यालय दिपायलसँग पहल भईरहेको वडा अध्यक्ष भट्टले बताउनु भयो । बिधुतीकरण गर्न बाँकी करिब ३ सय ५० घरधुरीमा यसै आर्थिक बर्षमा बिधुतीकरण गर्ने प्रयास भईरहेको वडा कार्यालयले जनाएको   छ ।

Leave A Reply

Your email address will not be published.