घण्टेश्वर अनलाईन
जोरायल, डोटी
डोटी जिल्लाका स्थानीय तहमा कर्मचारीहरु बिभिन्न माग राख्दै आन्दोलित भएका छन । आन्दोलनको कार्यक्रम अन्तरगत ९ वटै स्थानीय तहमा रहेका कर्मचारीहरुले ‘पेन डाउन’ गरेपछि स्थानीय तहका सबै कामकाजहरु प्रभावित भएका छन ।
आफ्ना माग पुरा गराउन असोज १९ गतेदेखि स्थानीय तह स्तरमा र काठमाडौँ केन्द्रित आन्दोलन शुरु गएिको जोरायल गाउँ पालिका सँघर्ष समितिका सँयोजक हेमा कपड्यालले बताईन ।
स्थानीय तहका कर्मचारीहरुले कालो व्यानरमा आफ्ना मागहरु लेखेर दवाव बढाई रहेका छन ।
स्थानीय तहका कर्मचारीहरूले सँघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, सँघीय प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषा भित्र समेटिनु पर्ने , स्वरूप स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, तीनवटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने लगायतका माग राख्दै सँघर्षका कार्यक्रम सन्चालन गरिरहेका छन ।