नेपाली काँग्रेस डोटीका बरिष्ठ नेता यज्ञराज पाठकद्वारा महासमिति सदस्यहरुलाई बधाई

घण्टेश्वर अनलाईन
दिपायल, डोटी
नेपाली काँग्रेस डोटीका बरिष्ठ नेता यज्ञराज पाठकद्वारा डोटी जिल्लाबाट पार्टीको महासमिति सदस्यमा निर्बाचित नेताहरुलाई बधाई दिनु भएको छ ।
नेपाली काँग्रेस डोटीका पूर्ब जिल्ला पार्टी सभापति तथा पूर्ब साँसद पाठकले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै महासमिति सदस्यको निर्बाचन पार्टीको नितान्त आन्तरिक चुनाव हो । महासमिति सदस्यको निर्बाचनलाई कसैले पनि हार र जितको रुपमा नलिन आग्रह गर्नु भएको छ ।
पार्टीको आन्तरिक निर्बाचन नेता कार्यकर्ताको मन जित्ने कुरा भएकाले महासमिति सदस्यको निर्बाचन परिणाम आफ्नो पक्षमा नआएपनि निर्बाचनको परिणामलाई आफुले सहर्ष स्वीकार गरेको बताएका छन । आफ्नो जीवनको सम्पूर्ण समय राजनीतिमा समर्पण गरेकाले निर्बाचनको परिणामले आफुलाई कुनै फरक नपारेको साथै नेपाली काँग्रेस प्रति आस्थावान नेता कार्यकर्ताहरुले कत्तिपनि बिचलित नभई पार्टी निर्माणको लागि लाग्न समेत पाठकले आह्वान गरेका छन ।

डोटीबाट महासमिति सदस्यमा को को निर्बाचित भए ?
डोटी जिल्लाबाट नेपाली काँग्रेसको महासमिति सदस्य पदको लागि बुधबार सम्पन्न निर्बाचनमा निर्बाचित हुनेहरुमा क्रमस जीतबहादुर खड्का, सिताराम जोशी, लोकेन्द्रबहादुर शाही, पुष्पकुमार शाही, पदमराज जोशी, धौलीदेबी रावल, प्रसिस महरा, मिना बिष्ट, सोवान बोहरा, लक्ष्मण सिंह र लाल बिक रहेका छन ।
महासमिति सदस्यको लागि भएको निर्बाचनमा युवाहरु निर्बाचित भएका छन । निर्बाचनमा नेपाली काँग्रेस डोटीका चर्चित नेताहरु पराजित भएका छन । निर्बाचनमा पराजित हुनेहरुमा क्रमस पूर्ब साँसद भरतबहादुर खड्का, कल्पना सोव, यज्ञराज पाठक, भक्तबहादुर बलायर, पूर्बीचौकी गाउँ पालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय रहेका छन ।
नेपाली काँग्रेस डोटीबाट महासमिति सदस्य ११ पदका लागि २४ जना नेताहरु उम्मेदवार बनेका थिए ।

Leave A Reply

Your email address will not be published.