Prem

नेपाल साँस्कृतिक महासंघ डोटीमा नयाँ नेतृत्व चयन

घण्टेश्वर अनलाईन
दिपायल
नेपाली काँग्रेसको शुभेच्छुक सँस्था नेपाल साँस्कृतिक महासंघ डोटीको दोश्रो जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
महासँघको बिहिबार दिपायलमा सम्पन्न दोश्रो जिल्ला अधिबेशनबाट रामबहादुर रावलको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।
अधिबेशनबाट निर्बाचित नयाँ पदाधिकारीहरुका क्रमस ः उपाध्यक्षमा निर्मला खत्री खड्का, सचिवमा खगेश्वरी साउद, सह सचिवमा नवराज बिक निर्वाचित भएका छन् ।
यसैगरि जिल्ला कार्य समितिको सदस्यहरुमा जिल्लाका ९ वटा स्थानीय तहको प्रतिनिधित्व हुने गरि १४ सदस्यहरु सर्व सम्मत चयन गरिएको महासँघले जनाएको छ । अधिबेशनबाट साँस्कृतिक महासँघको प्रदेश तथा केन्द्रीय प्रतिनिधिहरु समेत चयन गरिएको बताईएको छ ।
नेपाल साँस्कृतिक महासंघमा विभिन्न विधाका १२ वटा संगठनहरु आबद्ध रहेका छन् ।

Leave A Reply

Your email address will not be published.