Prem

डोटी उद्योग वाणिज्य सँघमा सबै पदाधिकारी निर्बिरोध निर्बाचित

घण्टेश्वर अनलाईन
दिपायल
डोटी उद्योग वाणिज्य सँघ दिपायलको बिहिबार सम्पन्न निर्बाचनमा सबै पदाधिकारीहरु निर्विरोध निर्बाचित भएका छन ।
सँघको निर्बिरोध चयन भएका पदाधिकारीहरुका अध्यक्ष विक्रम साउँद (घटाल) वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी, वाणिज्य उपाध्यक्षमा नर बहादुर खड्का, उद्योग उपाध्यक्ष दीर्घ साउँद, महासचिवमा बम बहादुर बोगटी, सचिवमा हेमन्त कठायत र कोषाध्यक्षमा आईजंग कुँवर चयन भएका छन् ।
यसै गरि सदस्यहरूमा क्रमस ः नन्दन कार्की, प्रेम विष्ट, दीपक शाह, प्रकाश रावल, गणेश बोहरा, दीपक कलेल र नन्ना भण्डारी चयन भएको निर्बाचन समितिद्वारा प्रकाशित सूचनामा जनाईएको छ ।
यसअघि असोज १५ गते डोटी उद्योग वाणिज्य सँघको १९ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएपछि बन्द शत्र शुरु भएको थियो ।
बन्द शत्रमा महासचिव दीपकबहादुर खड्का र कोषाध्यक्ष दीर्घबहादुर साउँदले प्रस्तुत गर्नु भएको प्रगति तथा आर्थिक प्रतिबेदन पारित नभएपछि नयाँ नेतृत्व चयन हुन सकेको थिएन ।

 

Leave A Reply

Your email address will not be published.