घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिकाको वडा नं. २ स्थित कफलकट्टेश्वर आधारभूत बिद्यालयले शुरु गरेको बुक फ्रि शुक्रबार प्रभावकारी देखिएको छ । बुक फ्रि शुक्रबार कार्यक्रम प्रभावकारी देखिएपछि यसलाई ब्यवस्थित गर्न बिद्यालयले सरोकारवालासँग छलफल चलाएको छ ।
काठमाण्डौं महानगरपालिकाले शुरु गरेको बुक फ्रि शुक्रबारलाई परीक्षणको रुपमा कफलकट्टेश्वर आधारभूत बिद्यालयले शुरु गरेको थियो । यो कार्यक्रमबाट बिद्यार्थीको सिकाई उपलब्धीमा पनि उल्लेख्य सुधार आएको बिद्यालयका प्रधानाध्यापक रनबहादुर जेठाराले बताउनु भयो ।
बुक फ्रि शुक्रबार शुरु गर्नु अघि हरेक शुक्रबार बिद्यार्थीहरु बिद्यालय सरसफाई तथा खेलकुद, नाचगानमा समय बिताउथे । तर अहिले बिद्यार्थीहरु सिकाई कृयाकलापमा समय दिन थालेका छन ।
बिद्यालयमा शिक्षक छत्रबहादुर साउँद(गोर्खाली) का अनुसार बुक फ्रि शुक्रबारका दिन बिद्यार्थीहरुलाई कक्षा कोठाका अतिरिक्त स्थलगत अध्ययनको लागि पठाउने गरिएको छ ।
गत शुक्रबार मात्रै रिठा गाउँमा रहेका अगुवा कृषकको बाख्रा फार्ममा लगेर बाख्रा पालन सम्बन्धि र किसानको वारीमै लगेर तरकारी खेती सम्बन्धि जानकारी दिईएको थियो । बिद्यार्थीहरु स्थलगत अध्ययन पछि समाचार लेख्न पनि अभ्यास गराउन थालिएको शिक्षक साउँदले बताउनु भयो ।
बुक फ्रि शुक्रबार कार्यक्रमलाई अभिभावकहरुले रुचाउन थालेका छन । वालबालिकाहरु अचेल घरमा आफ्ना अभिभावकहरुसँग बिभिन्न बिषयमा जिज्ञासा राख्ने, जानकारी राख्न उत्सुकता देखाउन थालेको अभिभावकहरु बताउछन ।
बुक फ्रि शुक्रबार कार्यक्रम कफलकट्टेश्वर आधारभूत बिद्यालयमा प्रभावकारी देखिएको छ । यसलाई व्यवस्थित गरि गाउँ पालिका भरि परीक्षणका रुपमा शुरु गर्न आबश्यक देखिएको वडा नं. २ का वडा अध्यक्ष बिरबहादुर दर्लामी बताउछन ।
f