काम नगर्ने निर्माण कम्पनी बिरुद्ध जोरायलका युवाहरु आन्दोलित

All time tax

कबिराम डाँगी
जोरायल
सडक तथा स्वास्थ्य भवन निर्माणको काम समयमा सम्पन्न नगर्ने एक ठेकेदार कम्पनीका बिरुद्ध जोरायलका युवाहरु आन्दोलित भएका छन ।
जोरायलको बुडर जोरायल सडक कालोपत्रे योजना र प्राथमिक स्वास्थ्य केन्द्र जोरायलको भवन निर्माण कार्य समयमा सम्पन्न नगरेको भन्दै राजेन्द्र निर्माण सेवा कम्पनी धनगढीका बिरुद्ध युवाहरु आन्दोलित भएका हुन । जोरायलका युवाहरुले निर्माण कम्पनीलाई दवाव दिन जोरायल गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष नविन ओझाको सँयोजकत्वमा सँघर्ष समिति पनि गठन गरेका छन ।
आन्दोलनको पहिलो चरणको दवावमूलक कार्यक्रम अन्तरगत सँघर्ष समितिले २ हजार २ सय ८७ जनाको हस्ताक्षर सँकलन गरि निर्माण कम्पनीलाई पठाईएको सँघर्ष समितिका सह सँयोजक केशवनारायण जोशीले बताउनु भयो ।
सह सँयोजक जोशीका अनुसार शुक्रबार सँकलन गरिएको हस्ताक्षर जोरायल गाउँ पालिका मार्फत निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा कम्पनी धनगढीलाई पठाई पूर्बाधार बिकास कार्यालय डडेल्धुरालाई जानकारी दिईएको छ ।

उता निर्माण कम्पनीले बिभिन्न प्राबिधिक तथा प्रशासनिक कारणले निर्माण कार्यमा ढिलाई भएपनि दशैं लगत्तै निर्माण कार्य शुरु गर्न पहल भईरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.