घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको सिलगढीको पानीखाल नजिक आज दिउसो १ बजे बलेरो जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन । उक्त बलेरो जिपमा १२ जना सार रहेकोमा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्याल डोटीले जनाएको छ ।
उक्त दुर्घटनामा परि घाइते हुनेहरुमा क्रमस ः सायल गाउँपालिका–३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, ३२ वर्षीय गम्भीरे खाती, पुर्विचौकी गाउँपालिका–२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी रहेका छन् ।
दुर्घटनामा परि घाईते भएका ५ जना व्यक्तिहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । भने घाईते गम्भीर खातीलाई थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
डोटीको सायलबाट जिल्ला सदरमुकाम सिलगढी तर्फ आई रहेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप आज दिउसो १ बजे पानीखाल नजिकको घुम्तिमा दुर्घटना भएको थियो । उक्त जिप चालक प्रेम बिष्ट फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।