कबिराम डाँगी
गैरा, डोटी
जोरायल गाउँ पालिका वडा नं. १ घोरडीमा बुधबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा १ जनाको घट्ना स्थलमा मृत्यु भएको छ । उक्त दुर्घटनामा परि घाईते भएका १९ जना मध्य ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा परि मृत्यु हुनेहरुमा कैलाली गौरीगँगा नगर पालिका मसुरियाका १८ वर्षिय सालिन राना मास्केमगर रहेका छन । घाईते भएकाहरु मध्य ६ जनालाई प्रादेशीक अस्पताल धनगढीमा पठाईएको र अन्यको स्थानीय स्वास्थ्य सँस्थामा उपचार भईरहेको छ ।
भिमदत्त पन्त राजमार्ग अन्तरगत सडक क्षेत्रमा काम गर्ने मज्दुरलाई बोकेर घोरडीबाट खडिना तर्फ गईरहेको सु. प. प्र. ०१००२ त ६७२३ नम्बरको ट्याक्टर घोरडी नजिक दुर्घटनाग्रस्त भएको थियो ।
उक्त ट्याक्टरका चालक निङलासैनी कन्स्ट्रक्सनका २३ बर्षिय राजेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
![](https://ghanteshwor.com/wp-content/uploads/2021/05/icon-150x150.png)