
घण्टेश्वर अनलाईन
जोरायल, डोटी
जोरायल गाउँ पालिकाको प्रसिद्ध दुत्ते (तिहार) मेला ३ दिन सम्म मनाईने भएको छ । जोरायल गाउँ पालिकाको वडा नं. ४ स्थित सिलँगीबागमा हरेक बर्ष मनाईने दुत्ते मेला यस बर्ष काििर्तक २८, २९ र ३० गते बिभिन्न कार्यक्रमका साथ मनाईने मेला व्यवस्थापन समितिका सचिब मरिचमान खड्काले बताउनु भयो ।
दुत्ते मेला कार्यक्रम अन्तरगत कार्तिक २८ गते दिउसो ४ बजे देखि राती १२ बजेसम्म चौलो सहित सानो देउरो कार्यक्रम, कार्तिक २९ गते दिउसो १२ बजे देखि बेलुकीसम्म र राती १० बजे देखि निरन्तर बिशेष मेला तथा चौलो, भोस्सो सहित देउरो कार्यक्रम, स्थानीय लोक तथा डेउडा गीत र खेलकुद कार्यक्रम, कार्तिक ३० गते बिहान ३ बजे देखि ८ बजेसम्म चौलो, भोस्सो सहित देउरो कार्यक्रमका साथै पुरस्कार तथा प्रमाण पत्र बितरण कार्यक्रम रहेका मेला व्यववस्थापन समितिले जनाएको छ ।
मेला व्यवस्थापन समितिले दुत्ते मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मेला अबधीभर जुवा तास, मदिराको बिक्री बितरण तथा सेवन पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको सचिब खड्काले जानकारी दिनु भयो ।
जोरायल गाउँ पालिका वडा नं. ४ को सिलँगीबाग स्थित चडेउला थानमा हरेक बर्ष दुत्ते (तिहार) मेला हुने गर्दछ ।