डोटीका चार हजार वालवालिकालाई स्टेशनरी बितरण

घण्टेश्वर अनलाईन
सिलगढी
समान पहुँच बिकास केन्द्र डोटीले जिल्लाका दुई स्थानीय तहका ४ हजार वाल वालिकालाई स्टेशनरी सामग्री सहयोग गरेको छ ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपालसँगको साझेदारी कार्यक्रम अन्तरगत ४० लाख बरावरको स्टेशनरी सामग्री बितरण गरिएको सो सँस्थाले जनाएको छ । आयोजनामा दर्ता भएका बालबालिकाको शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले डोटीको आदर्श गाउँ पालिकामा १ हजार ५ सय, पूर्बिचौकी गाउँपालिकामा २ हजार ५ सय गरि ४ हजार वालवालिकालाई बितरण गरिएको वल्र्ड भिजन ईन्टरनेशनल नेपालका फिल्ड अफिसर गांगी बलायरले जानकारी दिनुभयो । हरेक बालबालिकालाई एक दर्जन कपि , डट्पेन, पेन्सिल, इरेजर, कटर, टिफिन बक्स, शब्द कोष किताब लगायतका रहेका छन ।

Leave A Reply

Your email address will not be published.