जोरायलमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामपुर माबि बुडर प्रथम

All time tax

कबिराम डाँगी
जोरायल, डोटी
डोटी
डोटीको जोरायलमा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामपुर माबि बुडरले प्रथम स्थान हासिल गरेको छ ।
पुस महिनाको २० देखि २३ सम्म सन्चालित जोरायल गाउँपालिका स्तरीय उक्त पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामपुर माबि बुडरले १० स्वर्ण, ५ रजत, ५ काश्य गरि २० पदक प्राप्त गरि प्रथम स्थान हासिल गरेको हो ।
यसै गरि उक्त प्रतियोगितामा घण्टेश्वर माबि जोरायलले दोश्रो स्थान हासिल गरेको छ । घण्टेश्वर माबि जोरायलले ७ स्वर्ण, ११ रजत र ८ काश्य गरि कुल २६ पदक हासिल गरेको थियो ।
उक्त प्रतियोगिता अन्तरगत महासरस्वती माबि देउथला जोरायलले ३ स्वर्ण, १ रजत, २ काश्य गरि ६ पदक सहित तेश्रो स्थान प्राप्त गरेको जोरायल गाउँ पालिकाले जनाएको छ ।
प्रतियोगितामा नवोदय माबि गडसेरा ५, गौरी शँकर माबि गैरा ८, रघुनाथ माबि निरौली ७, दुर्गा माबि लमौत्य ७, शिबपुर माबि चनकट्टे ५, कृष्ण माबि दह ३ र केदार माबि खसरे ले ३ पदक प्राप्त गरेको जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.