
घण्टेश्वर अनलाईन
धनगढी
सुदूरपश्चिमका चर्चित कलाकार ध्वज महराको चर्चित डेउडा गीत गडबड गाउँपालिकाको म्यूजिक भिडियो युटुव मार्फत सार्बजनिक भएको छ । कलाकार टेकबहादुर ऐरको शब्द रचना रहेको उक्त गडबड गाउँ पालिका बोलको गीतमा स्थानीय स्तरको राजनीतिमा देखिने बिकृति बिसँगतीलाई गीत मार्फत उजागर गरेका छन ।
कलाकार ध्वज महरा र चर्चित कलाकार ईव्सल सन्ज्यालले स्वर दिएको उक्त गीतको म्यूजिक भिडियो युुटुबमा सार्बजनिक भएपछि दर्शक श्रोताहरुले मन पराएका छन । म्यूजिक भिडियोमा कलाकार टेकबहादुर ऐर, लोकेन्द्र ओझा, निशा ठगुन्ना धामी, मनिषा धामी, प्रेम धामी र शिब चुनारा लगायतले अभिनय गरेका छन ।
उक्त म्यूजिक भिडियोमा निर्देशन भीम थापा, म्यूजिक एरेन्जर बिनोद बाजुरेली रहनु भएको छ ।