डोटीको घण्टेश्वर माबि जोरायलका पूर्ब बिद्यार्थीहरुको भेला हुने

All time tax

कबिराम डाँगी
जोरायल
डोटीको जोरायल स्थित घण्टेश्वर माबिमा अध्ययन गरेका पूर्ब बिद्यार्थीहरुको भेला हुने भएको छ । घण्टेश्वर माबिमा अध्ययन गरेका पूर्ब बिद्यार्थीहरुलाई बिद्यालयसँग जोड्नका लागि उक्त भेला आयोजना गर्न लागिएको बिद्यालयले जनाएको छ । पूर्ब बिद्यार्थीहरुको लागि भेला आयोजना गर्नको लागि पूर्ब बिद्यार्थी जितेन्द्र बोहराको सँयोजकतत्वमा पूर्ब बिद्यार्थी मन्च समेत गठन गरिएको छ ।
बि.सं. २०१२ सालमा स्थापित बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीहरु अहिले बिभिन्न क्षेत्र र तहमा रहेका छन । कतिपय बिदेशमा समेत रहनु भएको छ । पूर्ब बिद्यार्थीहरुलाई बिद्यालयसँग जोड्न र सम्बन्धलाई जिवन्त राख्न भेला आयोजना गर्न लागिएको पूर्ब बिद्यार्थी मन्चका सँयोजक जितेन्द्र वोहराले बताए ।
बिगतमा पूर्ब बिद्यार्थीहरुलाई बिद्यालयसँग जोड्न पहल भएको भए बिद्यालयलाई पूर्ब बिद्यार्थीको तर्फबाट केही योगदान दिन सकिन्थ्यो । अहिले ढिलै भएपनि बिद्यालय तथा पूर्ब बिद्यार्थीहरुको सकृयतामा पहल थालिएको छ । भेलाबाट सबै पूर्ब बिद्यार्थीहरुलाई बिषयगत पेशा, व्यवसाय र दक्षताका आधारमा बिद्यालयसँग जोड्दै र बिद्यालयको शैक्षिक बिकासमा उनिहरुको भूमिकालाई सदुपयोग गरिने बिद्यालयले जनाएको छ ।
घण्टेश्वर माबि तथा पूर्ब बिद्यार्थी मन्चले पूर्ब बिद्यार्थीहरुलाई एकै थलोमा भेला गराउन तयारी थालेका छन । पूर्ब बिद्यार्थीहरुको तथ्याँक सँकलन, बिद्यार्थीहरु कार्यरत पेशागत क्षेत्रको पहिचान लगायतका क्षेत्रमा काम भईरहेको पूर्ब बिद्यार्थी तथा उक्त बिद्यालयका सह प्रधानाध्यापक मीनबहादुर रोकायाले जानकारी दिनु भयो । सह प्रधानाध्यापक रोकायाका अनुसार पूर्ब बिद्यार्थीहरुको भेलाको लागि आबश्यक तयारी पूरा गरेपछि भेलाको मिति तय गरिने छ ।
पूर्ब बिद्यार्थीहरुलाई सँगठित गरि एकै थलोमा ल्याउन सके बिद्यालयको शैक्षिक बिकासमा योगदान पुग्ने बिद्यालयका शिक्षक तथा कार्यक्रमका सल्लाहकार युवराज चापागाईको धारणा रहेको छ । नेपालका केही बिद्यालयमा पूर्ब बिद्यार्थीहरु मार्फत बिभिन्न रचनात्मक कामहरु भएका छन । पूर्ब बिद्यार्थीहरुका बिषयगत दक्षता र सीपलाई बिद्यालयले सदुपयोग गरेर बिद्यालयको शैक्षिक बिकासमा सहयोग पुगेको पाईएको छ, शिक्षक चापागाईले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.