सामाजिक अन्धबिश्वासको बिरुद्ध जोरायलको गैरामा सचेतनामूलक र्‍याली

All time tax

कबिराम डाँगी
गैरा,डोटी
जोरायल गाउँ पालिका र युनिसेफ नेपालको सहयोगमा जोरायल गाउँ पालिका वडा नंं १ गैरा बजारमा सचेतनामूलक र्‍याली प्रदर्शन गरिएको छ । स्थानीय गौरीशँकर माबि गैराद्वारा समुदायमा बिद्यमान सामाजिक तथा लैंङ्गिक हानिकारक अन्ध बिश्वासमा अन्त्य गर्न सचेतना फैलाउने उद्देश्यले उक्त र्यालीको आयोजना गरिएको हो ।
गौरीशँकर माबिका शिक्षक, बिद्यार्थी तथा अभिभावक सम्मिलित सचेतनामूलक र्‍याली गैरा बजार परिक्रमा गरेपछि बिद्यालयको प्राङ्गणमा समारोहमा परिणत भएको थियो । बिद्यालयमा प्रधानाध्यापक धर्मानन्द जोशीको अध्यक्षता तथा शिक्षक राजन लुईटेलको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोरायल गाउँ कार्य पालिका सदस्य ईन्द्रा ओलीले समाजमा बिद्यमान सामाजिक अन्धबिश्वास कुरितीलाई सबै मिलेर अन्त्य गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
उक्त कार्यक्रममा जोरायल गाउँ पालिका युनिसेफ कार्यक्रमका डम्बर वोहराले जोरायल गाउँ पालिकामा सन्चालित युनिसेफ कार्यक्रम र जोरायल गाउँ पालिका क्षेत्रमा बिद्यमान सामाजिक सवालहरुको वारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त अवसरमा गौरी शँकर माबिका बिद्यार्थीहरुका बीचमा सामाजिक बिकृति र वालविवाहले समाजमा पार्ने असर सम्बन्धि सचेतनामूलक चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । कुल ३३ जना बिद्यार्थीहरु सहभागि भएको उक्त प्रतियोगितामा उत्कृष्ट वालवालिकाहरुलाई पुरस्कृत गरिएको थियो ।

 

Leave A Reply

Your email address will not be published.