हिमालयन उग्रतारा एजुकेशन एकेडेमी गैराले बिभिन्न कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनायो

All time tax

घण्टेश्वर अनलाईन
गैरा, डोटी
जोरायल गाउँपालिका वडा नं.१ चप्परचानीमा रहेको हिमालयन उग्रतारा एजुकेशन एकेडेमीले आफ्नो ११ औँ स्थापना तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रबहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जोरायल गाउँपालिका वडा नं.१ तथा डडेल्धुराको आलिताल गाउँपालिका वडा नं.१ का जनप्रतिनिधिका साथै विभिन्न विद्यालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानिय सुरक्षा निकायका प्रतिनिधि, संञ्चारकर्मी तथा स्थानिय अभिभावकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एकेडेमीको स्थापनाकाल देखि हालसम्म योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो भने छात्रछात्रा तथा शिक्षकहरुले विभिन्न साँस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुत गरेका थिए । ११ औँ स्थापना तथा अभिभावक दिवसको अवसरमा अभिभावकहरुका बीचमा आयोजना गरिएका बिभिन्न खेलकुद कार्यक्रममा बिजयी खेलाडीहरु तथा गत शैक्षिक सत्रको हरेक कक्षामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी जोरायल गाउँ कार्यपालिका सदस्य ईन्द्रादेवी वलीले शिक्षा क्षेत्रको बिकासको लागि जोरायल गाउँ पालिका सधैं सहयोग गर्न तयार रहेको बताउनु भयो ।
उक्त अवसरमा बिद्यालयका संस्थापक प्रिन्सिपल हेमन्त पालीले चालु आर्थिक वर्षको प्रगती तथा भावी योजना प्रस्तुत गर्दै एकेडेमीले विज्ञान प्रयोगशालाको स्थापना गरेको र आगामी दिनमा बिभिन्न कार्यक्रमहरु सन्चालन गरिने बताउनु भयो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रबहादुर मल्लले एकेडेमीलाई यस क्षेत्रको उत्कृष्ट शैक्षिक सँस्था बनाउन पहल गरिरहेको बताउदै यसका लागि सबै क्षेत्रको सहयोगको खाँचो रहेको बताउनु भयो ।
दुर्गम स्थानका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बि.सं. २०७० सालमा स्थापना भएको एकेडेमीमा हाल जोरायल गाउँपालिका वडा नं.१ र आलिताल गाउँपालिका वडा नं.१ का कुल १ सय ६६ बिद्यार्थीहरु अध्ययन गरिरहेको बिद्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.