डडेल्धुराका विभिन्न विद्यालयहरुमा “एनआरएनए लाइब्रेरी” हस्तान्तरण

All time tax

घण्टेश्वर अनलाईन
डडेल्धुरा
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला स्थित बिभिन्न बिद्यालयहरुमा बुधबार “एनआरएनए लाइब्रेरी” हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) र भक्त बि.बि. फर ह्युमानिटिको संयुक्त सहयोग र पहलमा एनआरएनए लाईब्रेरी हस्तान्तरण गरिएको हो ।
“एनआरएनए लाइब्रेरी” हस्तान्तरण गरिएका बिद्यालयहरुमा क्रमस ः डडेल्धुरा जिल्लाको अजयमेरु गा पा–४ को मणिलेक मा.बि चिपुर, भुबनेश्वरी आधारभूत बिद्यालय. मड चिपुर, वडा न. ५ को केदार शिशु सुधार माबि खोली मटेला, गोजलिङ्ग प्राबि. तल्पखा र वडा न. ६ को देवल माबि. देवल र गङ्गेश्वर आधारभूत बिद्यालय भण्डारी गाउँमा रहेका पुस्तकालयहरु रहेका छन । बिद्यालयका शिक्षक, बिद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थितीमा “एनआरएनए लाइब्रेरी” हस्तान्तरण गरिएको थियो ।
जिल्लाका बिकट क्षेत्रमा पुस्तकालय छैनन । सुगम स्थानका रहेका पुस्तकालयहरुका पहुँच छैन । त्यसैले दुर्गम स्थानमा अध्ययन गर्ने बालबालिकाहरु लाई फाईदा पुगोस भन्ने उद्देश्यले पुस्तालय सहयोग गरिएको एनआरएनए लाइब्रेरी प्रमुख तथा भक्त बि.बि. फर ह्युमानिटीका संरक्षक भक्त बहादुर भण्डारीले जानकारी दिनु भयो । एनआरएनए लाईबे्ररीहरुमा बालबालिकाहरुलाई उपयोगी हुने बिभिन्न किसिमका ५ हजार बढी पुस्तकहरु रहेका छन ।
सँरक्षक भण्डारीका अनुसार एनआरएनए लाईब्रेरीले बालबालिकाहरुको नियमित पढाइृका साथै पढ्ने वानीको बिकास , बौद्धिक बिकास र पुस्तक पढाई प्रति रुची बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । यसअघि कंचनपुरको बिणा माबि, डडेल्धुरा जिल्लाको बाल कल्याण माबि र घनघस्या माबि, कैलालीको शुक्र मा.बि. खानिडाँडामा एनआरएनए लाइब्रेरी स्थापना गरी सकेको भण्डारीले जानकारी दिनु भयो

Leave A Reply

Your email address will not be published.