घण्टेश्वर अनलाईन
दिपायल
डोटीको दिपायलमा बिहिबार देखि शुरु भएको डोटी साँस्कृतिक तथा पर्यटन महोत्सब जारी रहेको छ । महोत्सबको कार्यक्रम अनुसार आज कलाकार रामजि खाणका अतिरिक्त स्थानीय चर्चित कलाकारहरुको बेजोडको प्रस्तुती रहने महोत्सब आयोजक सँस्था राष्ट्रिय सँगीतकर्मी संघ डोटीले जनाएको छ ।
बर्षातका कारण शनिबार महोत्सवका निर्धारित कार्यक्रमहरुमा केही अबरोध भएपनि बाँकी कार्यक्रम नियमित रुपमा जारी रहेको महोत्सब प्रचार समितिका सँयोजक तेज डुम्रेलले बताउनु भयो ।
सँयोजक डुम्रेलका अनुसार स्थानीय कला सँस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यका साथ महोत्सबमा स्थानीय कलाकारहरुलाई बढी प्राथमिकता दिईएको छ । महोत्सबको अर्को उद्देश्य भनेको डोटीमा सँगीत बिद्यालय स्थापनामा पहल गर्ने पनि हो ।
बिहिबार देखि शुरु भएको डोटी महोत्सब फागुन २८ गतेसम्म चल्ने छ । आयोजकका अनुसार फागुन २३ गते कलाकार रमेशराज भट्टराई, ध्वज महरा, शेर बहादुर साउद र अन्य स्थानीय कलाकारहरु, फागुन २४ गते टंक तिमिल्सिना ,महेश आउजी, र अन्य कलाकारहरु, फागुन २५ गते चर्चित र्यापर yabi the got ,सुर्य बिरही साउदँ, Feel Baba, स्थानीय कलाकारहरु, फागुन २६ गते चक्र बम र अन्य स्थानीय कलाकार, फागुन २७ गते एलिना चौहान, टेक बिसि र अन्य स्थानीय कलाकारहरु र फागुन २८ गते बिबिध साँस्कृतिक प्रस्तुती सहित महोत्सब समापन हुने राष्ट्रिय सँगीतकर्मी संघ डोटीले जनाएको छ ।