तेज डुम्रेल
दिपायल
डोटीको दिपायल राजपुर स्थित शहिद स्मृति आवासीय बिद्यालयमा १० कोठे पक्की भवन निर्माण गरिएको छ । उक्त भवन सुदूुर पश्चिम प्रदेश सरकारको ८५ लाख र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ५० लाख गरि १ करोड ३५ लाख बजेटमा निर्माण गरिएको बिद्यालयले जनाएको छ । उक्त नव निर्मित भवनको सुदूरपश्चिम प्रदेश सभाका माननिय सभामुख भिमबहादुर भण्डारीले सोमबार उद्घाटन गर्नु भयो । बिद्यालयको परिसरमा आयोजना गरिउको भवन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख भण्डारीले शिक्षा क्षेत्रको बिकासका लागि भौतिक तथा शैक्षिक क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
सुदूरपश्चिम प्रदेशका पूर्ब मुख्यमन्त्री तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिलोचन भण्डारीको अध्यक्षता तथा शिक्षक यज्ञ पार्कीको सन्चालनमा सम्पन्न बिद्यालयको वार्षिकोत्सब तथा अभिभावक दिवस समेतको कार्यक्रममा बोल्दै सभामुख भण्डारीले शिक्षा नै बिकासको आधार भएकाले प्रदेश सरकार तथा स्थानीय सरकारले शिक्षा क्षेत्रमा बजेट बिनियोजन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका पूर्ब मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा सुदूर पश्चिम प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताउनु भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनारा, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
