डडेल्धुरामा महोत्सब शुरु, झण्डै डेढ लाख दर्शकले अबलोकन गर्ने अनुमान

घण्टेश्वर अनलाईन
डडेल्धुरा
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा छैटौं संस्करणको डडेल्धुरा महोत्सवको आज देखि शुरु भएको छ । फागुन २४ गतेदेखि चैत ४ गतेसम्म सन्चालन हुने डडेल्धुरा महोत्सबको सुदूरपश्चिम प्रदेशका प्रमुख देबराज जोशीले बिहिबार उद्घाटन गर्नु भयो ।
“डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन तथा उद्योगको पुर्वाधार” भन्ने नाराका साथ शुरु भएको उक्त महोत्सबको सुदूरपश्चिम प्रदेशका कला संस्कृति खेलकुद तथा औद्योगिक सम्भावनाको उजागर, धार्मिक एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ ।
डडेल्धुराको टुडिखेल खुल्ला मन्चमा आयोजना गएिको महोत्सब उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्का, डडेल्धुराका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
महोत्सवका क्रममा स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी, रमाइलो मेला, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बजेडको प्रस्तुती रहने र बिभिन्न खेलकुद कार्यक्रम, खुला पुरुष तथा महिला डेउडा प्रतियोगिता आयोजना गरिने उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्विजराज भट्टले बताए ।
अभ्यक्ष भट्टका अनुसार महोत्सबमा करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सब अवलोकन गर्न प्रबेश टिकट शुल्क रु १ सय तोकिएको छ भने विद्यार्थीलाई ५० रुपैयाँ, ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई निःशुल्क प्रबेशको व्यवस्था गरिएको छ ।
महोत्सवमा टिकटबाट संकलन भएको रकमको ५ प्रतिशत डडेल्धुरामा क्रिकेट खेल मैदान निर्माणका लागि सहयोग गरिने डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.